Logout

मुलुकभरिका ४९ पालिकामा ‘बजेट होलिडे’

9.9k Shares

 

१ साउन, काठमाडौं । 
मुलुकभरिका ४९ स्थानीय तहले असार मसान्तभित्र बजेट ल्याउन नसकेकोले ‘बजेट होलिडे’ भएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार मसान्तभित्र सभाबाट बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । उक्त व्यवश्था अनुसार बजेट पारित हुन नसकेका स्थानीय तहले १ साउनबाट एक रुपैयाँ पनि खर्च गर्न मिल्दैन । जसलाई बजेट होलिडे भनिन्छ ।  तर देशभरिका गाउँपालिका र नगरपालिका गरी ४९ स्थानीय सरकारले अहिले सम्म बजेट ल्याउन सकेका छैनन् ।

गाउँपालिका राष्ट्रिय महासंघका अनुसार आर्थिक वर्ष २०८१र८२ सुरु भइसक्दा पनि ४ सय ६० गाउँपालिकामध्ये ३६ गाउँपालिकाले बजेट ल्याउन सकेको छैन ।   ४ सय २९ ले १० असारमै बजेट पेस गरेका थिए भने असार मसान्तसम्म ४ सय २४ गाउँपालिकाले बजेट ल्याएका छन् ।  यो पटक पनि ९२ प्रतिशत गाउँपालिकाको बजेट समयमा नआएको हो ।

नेपाल नगरपालिका संघका धरान उपमहानगरपालिका सहित १३ नगरपालिकाले असार मसान्तसम्म पनि बजेट पारित गर्न सकेका छैनन् । महानगर, उपमहानगर र नगरपालिका गरी २ सय ९३ नगरमध्ये २ सय ८० ले मात्रै बजेट ल्याउन सकेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १० र ५० अनुसार स्थानीय तहको सभामा बजेट पेस हुनुपर्ने र सोही दफाको उपदफा ६० बमोजिम  निर्धारित समयमा बजेट पेश नगरिपछि कानुनी जटिल्ता बनेको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रि
ताजा अपडेट थप समाचार
सम्बन्धित समाचार