Logout

५ करोड लागतमा निर्मित जेष्ठ नागरिक दिवा सेवा भवन उद्घाटन हुंदै

442 Shares

नवलपुर, ७ मंसीर
प्राय व्यक्ति आर्थिक रुपमा सम्पन्न भएपछि सुविधा सम्पन्न घरमा बस्ने, महंगो कार चढ्ने, दोश्रो पुस्ताका लागि सम्पत्ति जोड्ने चलन हुन्छ । तर चितवनको नारायणघाटका एक समाजसेवी/पुर्व व्यवसायी रामहरि श्रेष्ठ सोच र योजना भने निक्कै फरक छ । आफुले कमाएको करोडौं सम्पत्ति समाजिक कार्यमा खर्चिनुभएको छ ।  

ramhari.jpeg

कुनै समय नारायणघाट बजारको प्रतिष्ठित उद्योगपति श्रेष्ठ हाम्रो घर नामक एक गैर सरकारी संस्थाको नेतृत्व गर्दै गरिव, विपन्न, असाहय सयौं बालबालिकाको संरक्षण र उद्घार गर्दै आउनुभएको छ । बालबालिको सेवामा खटिराख्दा समाजमा उहांले अझै जटिल समस्या जेष्ठ नागरिकको देख्नुभयो । समाजसेवी रामहरि श्रेष्ठले आफ्नो बांकी जीवन जेष्ठ नागरिकको सेवामा समर्पित गर्ने योजना बनाउनुभयो । 
वुद्विमान स्मृति रामहरि गंगादेवि श्रेष्ठ परोपकार ट्रष्ट स्थापना गर्नुभयो । २०७८ सालमा बैवाहिक वर्षगांठ अवसर पारेर नाराणघाट बजारको मुटुमा रहेको करोडौं मुल्य पर्ने ४ कठ्ठा जग्गा ट्रष्टलाई हस्तान्तरण गर्नुभयो । उहांले ट्रष्टलाई जग्गा मात्रै हस्तान्तरण गर्नुभएन । उक्त जग्गामा ५ करोड व्यक्तिगत पैसा लगानी गरेर आफैंले बा आमा घर भवन निर्माण गर्नुभयो । नवनिर्मित भवनबाट मंगलबार देखि जेष्ठ नागरिक निशुल्क दिवा सेवा शुभारम्भ गर्दै हुनुहुन्छ । भवनको भुईतलामा सभाहल रहेकोछ । उक्त सभाहलमा दैनिक भजनकृतन, योगा, ध्यान शिविर संचालन गरिने । दैनिक निशुल्क खाजा, चियापानको व्यवश्था गरिनेछ ।
भवनको ४ वटा तलामा १८ वटा कोठाको पाहुना गृह संचालन गरिनेछ । न्यूनतम शुल्क लिएर बास वस्ने व्यवश्था गरिएको छ । हरेक कोठामा सुविधा सम्पन्न एसि सहितको कोठा व्यवश्था गरिएको छ । यो सेवा हरेक नागरिकले लिन सक्नेछन् । उक्त सेवाबाट प्राप्त आम्दानीले कर्मचारी खर्च व्यवश्थापन,  जेष्ठ नागरिक दिवा सेवा संचालन गरिनेछ ।  
उहांको दोश्रो परियोजना अर्को भवन निर्माण गर्ने । जेष्ठ नागरिक आवास गृह निर्र्माण तथा संचालन गरिनेछ । आर्थिक रुपमा सम्पन्न जेष्ठ नागरिकलाई शुल्क सहितको आवासीय सेवा प्रदान गरिनेछ भने गरिव, विपन्न, वेसाहारा जेष्ठ नागरिकका लागि निशुल्क सेवा प्रदान गरिने परियोजनाको लक्ष्य रहेको ट्रष्टका सञ्चालक रामहरी श्रेष्ठले जानकारी दिनुभयो ।  
हाल निर्माण भएको भवनका सेवाग्राहीहरूलाई दृष्टिगत गरी यस भवनको पूर्वतर्फ करिव एक कठ्ठा खाली रहेको जमिनमा निकट भविष्यमै सुविधायुक्त भान्छा घर, खाने हल, कर्मचारी र सञ्चालकहरू समेत रहने करिव डेढ करोडभन्दा बढीको लागतमा थप अर्को भवन निर्माण गरी खानाको व्यवस्थापन गर्ने उद्देश्य रहेको छ ।
मानव सेवा नै उत्कृष्ट सेवा हो भन्ने विश्वासका साथ समाजसेवामा समर्पित ७३ वर्र्षीय रामहरि श्रेष्ठले अब बाँकी जीवन वृद्ध बुवाआमाका संरक्षण र सेवामा लाग्ने बताउनुभएको छ ।  यस्तै ट्रस्टले भविष्यमा हाल निर्माण गरिएको भवनको पश्चिम मूल सडकतर्फ खाली रहेको जमिनमा लगभग ६ हजार वर्गफिटमा अण्डरग्राउण्ड पार्किङ व्यवस्था, लिफ्टजडित आधुनिक सुविधायुक्त करिव १ सय ५० जना वृद्ध बाआमाहरू आश्रय गरी बस्नसकिने सात–आठ तले भवन निर्माण गर्ने र गरी सुव्यवस्थित अर्को सेवा सञ्चालन गर्ने लक्ष्य रहेको समाज सेवी रामहरी श्रेष्ठको भनाई रहेको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रि
ताजा अपडेट थप समाचार
सम्बन्धित समाचार