कावासोती, १६ श्रावण
सौन्दर्य कला व्यवसाय संघका केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले पढ्दै कमाउदै कार्यक्रमको सवैभन्दा व्यवहारिक विषय भएकाले सौन्दर्य कला भएकाले सवै विद्यालय पाठयक्रम लागु गर्न आवश्यक रहेको बताउनुभएको छ । सौन्दर्य कला व्यवसाय संघ नवलपुरद्वारा कावासोतीमा आयोजित हरितालिका तीजको शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले राजधानीका केही विद्यालयको शैक्षिक पाठयक्रममा समावेश सौन्दर्य विषय प्रभावकारी भएकाले अन्यत्र समेत लागु गर्न राम्रो हुने बताउनुभयो । महिला उद्यमशिलता विकास, स्वरोजगार, मुलुकको आर्थिक विकासमा सौन्दर्य व्यवसायको महत्वपुण भूमिका छ । यस विषयमा नीति निर्माताको ध्यान पुग्न सकेको छैन अध्यक्ष श्रेष्ठले भन्नुभयो– सौन्दर्य व्यवसायीलाई हेर्ने दृष्टीकोण अझै फराकिलो बन्न सकेको छैन । ४६ वर्ष अगाडी आफुले थाईल्याण्डबाट सौन्दर्य कला सिकेर नेपालमा शुरु गर्दा घर परिवारबाट अपमान भएको स्मरण गर्दैै नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य समेत रहनुभएका अध्यक्ष श्रेष्ठले यो पेशालाई व्यसायिक, मर्यादित बनाउन देश व्यापी अभियान चलाएको जानकारी दिनुभयो ।

कावासोती नगरपालिकाका उप–प्रमुख फुल कुमारी थनेतले नगरपालिकाले सञ्चालन गरेको सौन्दर्य कला तालिमको प्रभावले धेरै युवा महिला व्यवसायी समाहित भएको देख्दा खुशी भएको धारणा राख्नुभयो । नगरपालिकाले आगामी योजनामा १ सय जनालाई सौन्दर्य कला तालिम दिने योजना रहेको र भएका व्यवसायीको क्षमता विकासमा नगरपालिकाले सघाउने प्रतिवद्वता व्यक्त गर्नुभयो । सौन्दर्य कला व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले यो व्यवसायको वृद्वि विकासमा राज्यले अझै थप लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल उद्योग परिसंघका केन्द्रीय परिषद सदस्य केबी रानाले सरकारले सञ्चालन गरेको महिला उद्यामी लक्षित कार्यक्रमले ग्रामीण क्षेत्रका महिला उद्यमी/व्यवसायीलाई समेट्न नसकेको बताउनुभयो । साना मझौला उद्योगीहरुको बैंकिङ्ग पहुंच नहुंदा सहकारी, माईक्रो फाईनन्सबाट लिएका चर्को व्याज थेग्न कठिन भएकाले सरकारी नीति उद्यमीमैत्री हुन आवश्यक रहेको सदस्य रानाको भनाई थियो । बैंकले ठूला उद्योगीलाई परियोजना कर्जा, सहुलियत व्याजमा दिने गर्दछ । साना उद्यमीले सहकारी, माईक्रो फाईनन्सबाट लिएका व्याज बैंकको तुलनामा धेरै महंगो छ । तसर्थ सानी उद्यमीलाई लक्षित गरि सहुलियत कर्जा व्यवश्थापन गर्न सहकारी, फाईनन्सको व्याज घटाउने वा सरकारले विशेष सुविधा दिनुपर्ने सदस्य केबी रानाको भनाई थियो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय सदस्य श्री विन्दु काफ्ले पोख्रेल, नवलपुर उद्योग बाणिज्य संघ, कावासोतीका अध्यक्ष श्री बैकुण्ठ प्रसाद अर्याल, देवचुली उद्योग बाणिज्य संघ, देवचुलीका वरिष्ठ उपाध्यक्ष विनोद सिलवाल, सौदर्य कला व्यवासयी संघ नवलपुरकी उपाध्यक्ष हिरा कुमाल, सचिव तीला अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सौन्दर्य कला व्यवसाय संघ नवलपुरका अध्यक्ष लक्ष्मी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण देवचुली टेलिभिजनका कार्यकारी निर्देशक कृष्णा कुमारी ढकाल सहजिकरण गर्नुभएको थियो ।
लक्ष्मी थापा नेतृत्वमा सौन्दर्य कला व्यवसाय संघ नवलपुरको गठन

लक्ष्मी थापा नेतृत्वमा सौन्दर्य कला व्यवसाय संघ नवलपुरको गठन भएको छ । नवनिर्वाचित पदाधिकारीलाई शुक्रबार केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभयो । नवनिर्वाचित समितिको उपाध्यक्षमा हिरा कुमारी कुमाल, सचिवमा तिला देवी न्यौपाने, कोषाध्यक्षमा विष्णु ढकाल, कार्यसमिति सदस्यहरुमा वन्दना आले, सुसनिमा महतो, निरमाया महतो, लीला घिमिरे, खिनुमाया कुमाल, सलोनी मल्ल, कुसुम थापा, सविना पन्त, मीना कुंवर रहनुभएको छ । नवनिर्वाचित समितिले सौन्दर्य व्यवसायीको हकहित, क्षमता विकासका लागि काम गर्ने, पेशालाई व्यवश्थित र मर्यादित बनाउन विशेष भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष थापाले बताउनुभयो । स्वास्थ्य र सौन्दर्य हाम्रो अभियान, स्वरोजगार, उद्यमशिल नारी हाम्रो पहिचान¬ नाराका साथ तीज विशेष कार्यक्रम गरि नवनिर्वाचित समिति विस्तार गरेको हो । यसै विच एक दशक भन्दा पुराना एक दर्जन सौन्दर्य व्यवसायीहरुलाई सम्मान गरेको थियो ।