केबी राना
सन् १९९७ अर्थात जेनजी पुस्ता शुरु भएको वर्ष म ठिक १० वर्षको थिएं । गाउंका साथीहरु मिलेर सृजनशिल बाल क्लब स्थापना ग¥यौं । त्यसको नेतृत्व मैले गरेको थिएं । बाल क्लबले गरेको रचनात्मक र सृजनशिल भूमिका चौतर्फी प्रसशां भएको थियो । समाजका विकृति जातिय, लैंगिक विभेद, जुवा, तास खेल्न रोक्ने, घरेलु हिंसा, खुल्ला मदिरा विक्री नियन्त्रण, वाल विवाह न्युनिकरण देखि ठूला व्यक्तिहरुले गर्न नसकेका काम समेत बाल क्लबको अगुवाई हुने गर्दथ्यो । हाम्रो अभियान विस्तारै गाविस हुंदै जिल्ला देश व्यापी विस्तार भयो । म बाल क्लब जिल्ला संजाल नवलपरासीको संस्थापक सचिव भएं ।
हामीले त्यही समयमा जेनजिले उठाएका विषयहरु बाल क्लब मार्फत उठाएका थियौं । म संझन्छु–विद्यार्थीलाई दिएको छात्रवृत्तिमा भएको अनियमितताका विषयमा बाल भित्ते पत्रिका कोपिला मासिकमा मैले लेखेको सम्पादकीय सहितको समाचारले ठूलो हंगामा भयो । दातृ निकायहरु, बाल क्लव प्रतिनीधि, विद्यालय व्यवश्थापन समिति, शिक्षक प्रतिनीधिहरुको भेला भयो । कारवाही सहित छात्रवृत्ति वितरण पद्वती नै परिवर्तन भयो । शुरुमा त निक्कै धम्कि पनि आयो । तर पछि हौसला पनि मिल्यो । म बाल क्लव जिल्ला सम्मेलनमा यस्ता वेतिथीका बारेमा निडरका साथ बोल्थें । एउटा सभामा शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार विरुद्व बोलेको कारण निक्कै चर्चा मात्रै पाएन । कलेज निशूल्क पढ्ने फेलोसिप नै पाएं । परासीमा रहेको पाल्ही वहुमुखी क्याम्पसका प्रिन्सिपल कैलाश ठाकुर सरले मेरो साहस, हामीले गरेका गतिविधि प्रभावित भएर सोही सभामा निशुल्क पढाउने घोषणा गर्नुभयो । कलेज पढ्ने अवसर पाएं । अन्यथा कलेज पढ्ने मेरो सपना वाहिरको विषय थियो । त्यहि भेला (जहां १ सय बाल क्लबका ३ सय प्रतिनिधी सहभागी थिए) ले मलाई बाल क्लबको जिल्ला सञ्जालको सचिव हुने मौका मिल्यो । त्यसपछि उषा नामक त्रैमासिक बाल म्यागेजिन प्रकाशन ग¥यौं । पत्रकारहरुसंग संगत भयो । अनि व्यवसायिक पत्रकारितामा प्रवेश गरें । बाल भित्तेपत्रिकामा प्रकाशित समाचारले नै मलाई यो पेशामा लाग्ने प्रेरणा दियो । भ्रष्टाचार न्यूनिकरण, शुसासन, ग्रामीण विकास, शान्ती प्रकृयामा कलम निरन्तर चलाएं । अहिले पनि चलाई रहेको छु । यस विचमा मेरो कर्मको सम्मान स्वरुप करिव ३ सय भन्दा बढी संघ संस्थाले सम्मान÷कदरपत्र प्रदान गरिएको छ । संयुक्त राष्ट्र संघले साउथ सुडानमा भएको द्वन्द न्यूनिकरणमा खेलेको भूमिकाको अनुगमन गर्न नेपाली सेना तथा सरकारको तर्फबाट डेलिगेट भएर शान्ती प्रकृयामा सहभागी हुने मौका पाएं । ग्रामीण विकासको वारेमा चिनको अध्यायन भ्रमणको मौका समेत पाएं ।
म बाल क्लबको जिल्ला सचिव भएका वेलामा नवलपरासीमा मात्रै ७ सय ५० बाल क्लव स्थाना गरेको थिएं । बाल क्लब दर्ता गर्न जागृति बाल क्लबका अध्यक्ष तिलोत्तम पौडेलको अगुवाईमा जिल्ला प्रशासन कार्र्यालय नवलपरासी विरुद्व सर्वोच्च अदालतमा रिट हालियो । संयुक्त राष्ट्र संघको सन् १९८९ को बाल अधिकार महासंधीका पक्ष राष्ट्र नेपाल हो । उक्त महासन्धीमा बालबालिकाहरु हरेक संघ संस्था खोल्न पाउने, हरेक निकायमा सहभागी हुन पाउने व्यवश्था छ । सोही आधारमा विस २०५८ सालमा बाल क्लब खोल्न पाउने गरि फैसला भयो । हामीले देश व्यापी बाल क्लब स्थापना अभियान थाल्यौं । आज १० हजार भन्दा बढी बाल क्लबहरु खुल्यो । ती बाल क्लबबाट नेतृत्व गरेका अधिकांश पुस्ता नै अहिलेको जेनजी अभियानका अगुवाहरु छन् ।
हामीले शुरु देखि भन्दै आएको विषय के भने राज्यको हरेक निर्णायक प्रकृयामा बालबालिकाको सहभागीता गराउनु पर्दछ । २०६२/०६३ को आन्दोलन पछि अन्तरिम संविधान बन्यो । नयां बन्ने संविधानमा बालमैत्री, युवामैत्री संविधानको कुरा उठायौं । सरकारले बालमैत्री/युवामैत्री शासन पद्वतीलाई अवलम्बन गर्ने स्विकार गरेको छ । कानुन स्विकार गरेपनि तर अर्थपुर्ण सहभागीता अझै अवसर पाएको छैन ।
यो अभियानमा निरन्तर प्रशिक्षक/अभियान्ताको रुपमा भूमिका गरेको आज २८ वर्ष पुगेछु । करिव ५० हजार लाई तालिम दिएछु । तालिमका दौरानमा विभिन्न जिल्ला पालिकाहरुमा पुग्दा त्यहांका जिम्मेवार जनप्रतिनीधि, राज्यका निर्णायक व्यक्तिहरुको कमजोर वुझाई थियो । एक दार्शनीकले भन्नुभएको छ कि कुनै पनि राजनेताले आफु पछिको पुस्ताले कस्तो बनाउने भन्ने विषय नै विकासको सवैभन्दा प्राथामिकतामा राखिएको हुन्छ । आज के हाम्रा नेतृत्वले त्यो सोचेको छ त । हर ठाउंमा यी विषयहरु मैले उठान गर्दै आएको छु ।
राजनीतिक दलहरुले यो पुस्तालाई कहिले पछि समेट्न सकेन । विद्यार्थी संघ÷संगठन बनाएपनि वास्तविक विद्यार्थी र यो पुस्तालाई कहिल्यै अवसर दिएनन् । जसको परिणाम एकै चोटि विस्फोट भयो । यति मात्रै होईन विध्वंसकारी कार्यमा सामेल भए । कसैले उछाले होला । तर ठिक वेठिक छुट्याउन सक्ने चेनताको विकास भएन ।
राजनीतिक दलका युवा विद्यार्थी संगठनहरु विधि पद्वतिबाट भन्दा चाकरी, चाप्लुसी, गुटगत राजनीतिबाट चले । ईमान्दार निष्ठावान युवाले अवसर पाएनन् । जिम्मेवारी पाएकाहरुले आफ्नो नेतृत्वले जति भ्रष्टाचार गरेपनि, अनैतिक कार्य गरेपनि त्यसको विरोध गर्ने सामाथ्र्य राखेनन् । किनकी नेतृत्वको विरोध गर्ने वित्तिकै उसले अवसर गुमाउनु पथ्र्यो । विधि पद्वति भन्दा व्यक्तिवादी पद्वती हावी भयो । पाटीका नेतृत्वले आफैले विधि पद्वतीलाई कार्यान्वयन गरेनन् । विद्यार्थी युवा संगठनहरुलाई आफ्नै घेरामा सिमित राखे । जस्तै : स्वतन्त्र विद्यार्थी युनियनको अधिवेशन हुन नदिने, पाटीको विद्यार्थी, युवा भातृ संगठनहरुको अधिवेशन हुन नदिने । भईहालेपनि नेतृत्वले गुट बनाएर सक्षम व्यक्ति भन्दा नि आफ्नो चाकरी गर्नेलाई अवसर दिने काम गरे । त्यसैले ईमान्दार, सक्षम युवाहरु यी संगठनमा आवद्व हुन सकेनन् । कतिले चाहेनन् । सामाजिक सञ्जालको विकासले यी पुस्तालाई आफ्नो विचार राख्ने, प्रतिकृया दिने, संवाद, छलफल गर्ने, आफ्नो प्र्रतिभा देखाउने, विज्ञापन गर्ने, पकेट मनी आर्जन गर्ने उपयुक्त प्लेट फर्म पाए । सरकारले उनिहरुको भावना बुझ्न सकेन । अन्तत विस्फोट भयो ।
राजनीतिक दलका नेतृत्वको घृणित व्यवहार, भ्रष्टाचार लगायत कृयाकलापबाट नेपाल समाज वाक्क थिए । यसको परिणाम आज यो अवश्था आयो ।
सरकारले सामाजिक सञ्जाल विधेयक ड्राफ्ट गर्ने वेलामा नै हामीले रोक्ने प्रयास गरेका थियौं । नेपाल पत्रकार महासंघको काभ्रेमा सम्पन्न पहिलो केन्द्रीय समितिको बैठकमा ५ घण्टा यो विषयमा वहस भयो । सरकारलाई ज्ञापन पत्र वुझायौं तर सुनेनन् । त्यसको ३ महिना पछि पोखरामा सम्पन्न दोश्रो बैठकमा सञ्चारमन्त्री पृथ्वि शुब्बा गुरुङ्गलाई नै निम्त्याएर विशेष आग्रह ग¥यौं । रोक्न मान्नुभएन । अन्तत यो दुखद परिणाम आयो ।
अन्तमा जेनजीको भावना अनुरुप नै सरकार बनेको छ । आशा गरौं पक्कै केही परिवर्तन हुनेछ । सिंगापुरका निर्माता लि क्वान युले वेलायतबाट पढेर फर्केपछि आफ्नो देशमा भएका भ्रष्टाचार विरुद्व आन्दोलन गर्नुभयो । जनताले साथ दियो । तत्काल संसदको निर्वाचन गर्ने सहमति भयो । लिक्वानले नयां पाटी दर्ता गर्नुभयो । चुनावमा सामेल हुनुभयो । निर्वाचनमा सवै भन्दा बढी सिट जित्यो । लिक्वान युको नेतृत्वमा सरकार बन्यो । भ्रष्टाचारलाई शुन्यमा झार्नुभयो । शुसान कायम भयो । आर्थिक विकासका लागि स्वदेशी विदेशी लगानी कर्तालाई आह्वान गर्नुभयो । लगानीको सुनिश्चित गर्ने, भ्रष्टाचार नहुने, शान्ति, सुशासन कायम भएकाले लगानी कर्ताले ढुक्कसंग लगानी गरे । जसले गर्दा रोजगारी सृजना भयो । स्वदेशमै उत्पादन बढ्यो । मुलुकमा आत्मा निर्भर मात्रै होईन आर्थिक विकासमा संसारकै नमूना बन्यो । देश समृद्व बन्यो । नेपालमा यतिवेला ठिक त्यसै गरि विकास गर्ने अवसर प्राप्त भएको छ । यो परिवर्तनलाई सकरात्मक रुपमा उपयोग गर्दै सक्षम, निष्ठावान युवाहरुले नेतृत्व गरेर संसारकै उदाहरणीय देश बनाउन सफल रहोस । यो परिवर्तनकारी आन्दोलनमा निधन हुनुभएको योद्वा युवाहरुप्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु । घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै ६१ औं राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना ।