Logout

भूमिहिन, अव्यवश्थित वसोवासीहरुको पुर्जा वितरण र बांकी रहेका जग्गाको नापी कार्यलाई तिव्रता दिन आयोगलाई दलिय संयन्त्रको सुझाव

5.7k Shares

कावासोती, २३ असार ।

           भुमि समस्या समाधान आयोग जिल्ला समिति नवलपुरको सहजिकरणका लागि बनेको संयन्त्र विस्तारित बैठकले भूमि समस्या सम्बन्धि कामको अझ तिव्रता दिनुपर्ने निर्णय गरेको छ । नेपाली काँग्रेस र नेकपा एमाले बिच बनेको दुई दलिय संयन्त्रको कावासोतीमा सम्पन्न बैठकले मध्यवर्ती तथा जिल्ला भित्र नापी गर्न बाँकी रहेको सम्पूर्ण जग्गाको नाप नक्साको काम अविलम्ब  अगाडि बढाउन आयोगलाई सुझाव दिएको एमाले जिल्ला अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभएको छ । बैठकमा मध्यवर्ती क्षेत्रमा जग्गा नापी गर्न भएको अस्पष्तताको वारेमा गम्भिर छलफल भएको थियो । बैठकमा कांग्रेस जिल्ला सचिव महेन्द्र पोख्रेल, आयोग पुर्व सदस्य रामकृष्ण ढुंगाना, कावासोतीका पुर्व उपप्रमुख प्रेम शंकर मर्दनीय लगायतले मध्यवर्ती क्षेत्र निकुञ्ज र संरक्षित क्षेत्र नपर्ने भएकाले सुकुम्वासी र अव्यवश्थित बसोवासीको लागि जग्गा नापी प्रकृया तत्काल अगाडी बढाउनुपर्ने धारणा राख्नुभएको थियो । बैठकमा पुर्व सदस्य ढुंगानाले आयोगले तत्काल नापी प्रकृया अगाडी नबढाए आयोगको कार्यालयमा तालावन्दि गर्ने चेतावनी समेत दिनुभयो । सचिव पोख्रेलले नापी प्रकृया तत्काल अगाडी बढाउने र कसैबाट अवरोध आए प्रतिवाद गर्ने, निकासका लागि दलिय संयन्त्रले पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

        भुमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले आयोगका पदाधिकारीको मर्यादाक्रम निर्धारण नभएकोेले व्युरोक्रेसीसंग समन्वय, निर्देशन लगायतका कार्यमा कठिनाई भएको बताउनुभएको थियो । भूमिहिन अव्यवश्थितको पहिचान, परिविष्टी गर्ने, प्रमाणिकरण गर्ने, नापीका लागि तयारी सहजिकरण सम्मको ५ चरण स्थानीय तहले गर्नुपर्ने काम भएकाले जनप्रतिनीधि महत्वपुर्ण रहने र कतिपय ठाउंमा वडा पालिकाको निश्किृयताले चाहेर पनि काममा ढिलाई भएको अध्यक्ष खरेलले जानकारी दिनुभएको थियो । त्यसै गरि वन क्षेत्र, गौचरण, सार्वजनिक जग्गा, मध्यवर्ती क्षेत्र, नदि उकास, पुर्जा एकाव्यक्ति बसोवासी अन्य हुने लगायतका कानुनी समस्याहरुले पनि समस्या बनाएको अध्यक्ष खरेललेको भनाई थियो ।  
बैठकले जिल्ला भित्र नाप नक्सा भैसकेको स्थानमा जग्गा धनी प्रमाण पुर्जा बितरण कार्यलाई अविलम्ब  अगाडि बढाउने, बिगतका आयोगले काम गर्दागर्दै बाँकी रहेका अधुरा अपुरा कार्यलाई तत्काल पुर्णता दिन सुझाव दिएको छ । आयोगले हिम्मतका साथ कार्यलाई तिव्रता दिने समस्या आई परेको खण्डमा निकासका लागि दुवै दलिय संयन्त्रले सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । आयोगको कानुनी असहताका विषयमा केन्द्रमा डेलिकेशन जाने, काममा प्रभावकारीताका लागि जिल्ला, पालिका र वडा स्तरीय जनप्रतिनीधि, दलिय प्रतिनीधि सहितको संयन्त्रलाई सकृय बनाउने निर्णय भएको संयन्त्रका सदस्य तथा नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्रध्वज जिसीले जानकारी दिनुभयो । 

         नेकपा एमाले नवलपुर जिल्ला अध्यक्ष जीवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न विस्तारित  बैठकमा संयन्त्रका सदस्य नेकपा ९एमाले० केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज तिलक महत,  नेपाली काँग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसि., उपसभापति चन्द्र बहादुर राना, एमाले जिल्ला सचिव  भीमलालाल कंडेल उपस्थित थिए । त्यसै गरि बैठकको बिशेष उपस्थितिमा गण्डकी प्रदेश सरकार कृषि , भुमि ब्यवस्था तथा सहकारी मन्त्री   पदमा जि। सि। श्रेष्ठ , संविधान सभा सदस्य  कृष्ण पौडेल , गण्डकी प्रदेश सभाका निबर्तमान सदस्य बिष्णु प्रसमद लामीछाने , जिल्ला समन्वय समिति प्रमुख बाबुराम बिश्वकर्मा,भुमि समस्या समाधान आयोग नवलपुरका अध्यक्ष तारापति खरेल, सदस्यहरु लक्ष्मी देवि मैनाली, पुर्ण प्रकाश सुनार एबम पुर्व पदाधिकारीहरु अध्यक्ष होमनाथ सुवेदी, पुर्वसदस्य रामकृष्ण ढुङ्गाना सहित नेपाली काँग्रेसका तर्फबाट महेन्द्र पोख्रेल, कपिल देव भुसाल,  एमालेको तर्फबाट डा. गोपाल खनाल, युवराज वाग्ले, प्रेम शंकर मर्दनिया  र भोजराज दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केबी राना, नेपाल रेडक्रस सोसाईटी नवलपुरका कोषाध्यक्ष वेद प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियोे ।
बैठकमा सदस्य रानाले पहाडी क्षेत्रको विशेषत मगर समुदायले पुस्तौं देखि मुख्य आयश्रोत खोरिया फडानी भएको र पछिल्लो समसयमा खोरिया फडानी रोकेपछि वुट्यान र वनमाराघारी भएकाले त्यसलाई दर्ता गर्ने व्यवश्था मिलाउनुपर्ने बताउनुभयो । नवलपुरमा रहेका अधिकांश भूमिहित पहाडी क्षेत्रबाट विस्थापितहरु आएर बसेकाले भूमिहित दिगो व्यवश्थापनका लागि पहाडी क्षेत्रमै जग्गा व्यवश्थापन गरि आय आर्जनको विकल्प दिन सक्नुपर्ने रानाको भनाई थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रि
ताजा अपडेट थप समाचार
सम्बन्धित समाचार