कावासोती, १४ असार
शिक्षा, युवा तथा खेलकुद शाखा कावासोतीको सहयोगमा कावासोती–१४ त्रिभुवनटारमा रहेको जनता माध्यामिक विद्यालयले अभिभावकहरुका लागि १ दिवसीय उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । विद्यालयका ३ सय अभिभावक सहभागी रहेको उत्प्रेरणात्मक कार्यक्रमको सहजिकरण दिपेन्द्र ढकालले गर्नुभएको विद्यालयका प्रधानाध्यापक पुजा श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमले शैक्षिक गुणस्तरसंगै बालबालिकालाई असल मार्गदर्शन प्रदान गर्न अभिभावकहरुको भूमिका बारे जानकारी प्रदान गरिएको प्रअ श्रेष्ठको भनाई छ ।
तालिमको सहजिकरण गर्दै प्रशिक्षक ढकालले विद्यालयको शैक्षिक गुणस्तर वृद्वि, बालबालिकालाई असल संस्कार प्रदान गर्न अभिभावक, व्यवश्थापन तथा शिक्षकको भूमिका, समन्वय बारे जानकारी प्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका सामाजिक विकास संयोजक चुडामणी महतो, शिक्षा, युवा तथा खेलकुद शाखा कावासोतीका अधिकृत राजन पाण्डे लगायतले विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गर्न विद्यार्थी, अभिभावक, व्यवश्थापन समिति, शिक्षक सवै पक्षको सकृय भूमिका आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवश्था समिति जनता मावि त्रिभुवनटारका अध्यक्ष लिला भण्डारीको अध्यक्षतामा भएको थियो ।