पतञ्जली महिला योग समित, नेपालकी अध्यक्ष साध्वी देवादिती र पताञ्जली युवा समिति नेपालकी अध्यक्ष साध्वी देवविजाया दलदलेमा जारी योगा, जीवनशैली व्यवश्थापन तथा सत्संग शिविरमा प्रशिक्षण दिनुहुंदै ।
पतञ्जली महिला योग समित, नेपालकी अध्यक्ष साध्वी देवादिती र पताञ्जली युवा समिति नेपालकी अध्यक्ष साध्वी देवविजाया दलदलेमा जारी योगा, जीवनशैली व्यवश्थापन तथा सत्संग शिविरमा प्रशिक्षण दिनुहुंदै ।
कावासोती, ६ जेठ
पताञ्जली योग समिति, नवलपुर, महिला समिति, युवारदेवचुली नगर समितिको सहकार्यमा देवचुली नगरपालिकाद्वारा आयोजित ४ दिने निशुल्क योग, जीवनशैली व्यवश्थापन तथा सत्संग शिविर सञ्चालन भईरहेको छ ।
जेठ ४ देखि दलदलेको साहारा पाटी प्यालेस जारी शिविर ७ गते सम्म सञ्चालन हुने छ । पतञ्जली महिला योग समित, नेपालकी अध्यक्ष साध्वी देवादिती र पताञ्जली युवा समिति नेपालकी अध्यक्ष साध्वी देवविजायाले प्रशिक्षण दिनुभएको शिविरमा देवचुली सहित नवलपुर क्षेत्रका करिव ३ सय जना प्रशिक्षार्थी सहभागी रहेका छन् । 
शिविरको समुदघाटन गर्नुहुदैं देवचुली नगर प्रमुख हरि प्रसाद न्यौपानेले शिविरले स्वस्थ्य नगरबासी बनाउने सपना साकार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।