रौतहट, १३ श्रावण
सक्षम बनौं कार्यक्रमको व्यवसायिक रणनीतिक कार्यशाला चपुर, रौतहटमा सम्पन्न भएको छ । सक्षम समूह चन्द्रपुर, सिड मनि म्यानेजमेण्ट र जीवनदानद्वारा आयोजित कार्यशालामा संगसंगै जुटौं, बलियो बनौं भन्दै समूहको रोडम्याप, समूहको आन्तरिक नीति, नियमावली, दिगो समूह संस्थागत विकास रणनीति, सञ्चालनको व्यावहारिक सीपको विषयमा छलफल तथा प्रशिक्षण गर्दै कार्यशालाले शिक्षा, स्वास्थ्य र आर्थिक बृद्धि मार्फत स्वस्थ्य समुदाय, खुशी समुदायका लागि जीवनदान संस्था, सक्षम कार्यक्रम र व्यवसायिक उद्यमीहरुको लागि आफनै उत्पादन, आफनै बजार, आफनै लगानी, आफै रोजगार रणनीतिको १० वर्षे कार्ययोजना तयार गरेको छ । चन्द्रपुर नगरपालिका का लागि सक्षम समूह गैडाटारका अèयक्ष रिस्ता घलानको संंयोजकत्वमा सक्षम समूह समन्वय समिति, चन्द्रपुर समेत गठन भएको छ । चन्द्रपुर नगरपालिकाको १० वटै वडाका सक्षम समूहका संयोजक, सचिव लगाएत मेण्टर्सहरु, सहजकर्ताहरु, नगरपालिका प्रतिनिधहरु, समाजसेवी गरी ४३ जनाको सहभागिता रहेको थियो ।
चन्दपुर नगरपालिकाका वडा नं। थ का अèयक्ष श्रीनिलहरी कोइराला, समाजसेवी शिव आचार्य , रिस्ता घलान, स्वयंसेविका धनकुमारी पुलामी, शुशिला चौधरी, रीना चौधरी, आरती चौधरी लगाएतले जीवनदान, सक्षम समूह र सिड मनि म्यानेजमेण्टबाट भए गरेका कार्यहरु र भावि योजनाका बारेमा आफनो विचार राखेका थिए । कार्यक्रम संचालन जीवनदानका प्रबन्धक उषा दाहालले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य जीवनदानका सचिव दुर्गा थापाले गर्नु भएको थियो ।