नेपालमा पाईने आकर्षक तर विषालु च्याउ । फाईल तस्वीर ।
नेपालमा पाईने आकर्षक तर विषालु च्याउ । फाईल तस्वीर ।
कावासोती, १४–असार
जंगली विषालु च्याउ खादा नवलपुरको पहाडी बुलिङ्गटा गाउंपालिका वडा नं २ टांडीस्वाराका १६जना विरामी परेका छन् । वडाअध्यक्ष कमल बाकवल मगरका अनुसार जीवन ज्योती मण्डली संगति भवन निर्माण गर्न गएकाहरुले जंगली विशालु च्याउ खांदा विरामी भएको हो । विरामी मध्ये ३ जना गम्भिर, ११ जना मध्यम र २ जनाको अवश्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । विरामीहरुको भरतपुर अस्पताल चितवन र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विरामीहरु मध्ये ९ जना चितवनको सरकारी अस्पताल भरतपुर चितवनमा उपचारमा भईरहेको छ । बुलिङ्गटार–२ बस्ने ५१ वर्षीय समिमाया राना (मध्यम), सोही ठाउंमा वस्ने १७ वर्षीय कबिता लुङगेली (मध्यम), ३७ वर्षीय सिताराम गरन्जा मगर (मध्यम), १७ वर्षीय निशा ठाडा मगर (गम्भिर), ४८ वर्षीय कृण्ण बहादुर राना (मध्यम), ७८ वर्षीय जसु डिसुवा मगर (मध्यम), ४५ वर्षीय एकबिर बराल (गम्भिर), ५० वर्षीय चुलिमाया थापा (गम्भिर), १८ वर्षीय राजन राना मगर अवस्था मध्यम रहेको छ ।
त्यसैगरि ७ जना विरामीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।
बुलिङ्गटार–२ बस्ने ६६ वर्षीय गनिसरा राना मगर (मध्यम), सोही ठाउंमा वस्ने ४० वर्षीय मनमाया लुङगेलिमगर (मध्यम), ३५ वर्षीय धनमाया लुङगेली (मध्यम), ३१ वर्षीय संजय कुमालको अवस्था सामान्य रहेको छ । त्यसैगरि संजयका छोरी ७ वर्षीय एरिना कुमाल अवस्था ( सामान्य), ५० वर्षीय रुमा गाहा मगर अवस्था (मध्यम), ४२ वर्षीय हुमाया सारु मगर अवस्था मध्यम रहेको छ ।