पुर्वपश्चिम राजमार्गको चोरमारामा भाँचिएको पुल । तस्बिरः दर्पण एफ एम
पुर्वपश्चिम राजमार्गको चोरमारामा भाँचिएको पुल । तस्बिरः दर्पण एफ एम
२९ वैशाख, नवलपुर
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा पर्ने नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएपछि राजमार्ग अवरुद्व भएको छ । पुल भासिएकाले मर्मत नगरी गाडी चलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभएको छ । डाईभर्सन गरि बैकल्पिक सडक निर्माण गर्ने प्रयास भइरहेको छ । होङ्सी सिमेन्ट कम्पनीबाट कच्चा पदार्थ किलिङ्गर बोकी बिरगञ्जतर्फ जाँदैगरेको म. प्र. ०३–००१ क ३१६३ नंको १८ चक्के टेलर पुलमा गुड्दै गर्दा पुल भासिएपछि यातायात अवरुद्ध भएको एसपि ढकालले बताउनुभयो । तत्काल डाईभर्सन गर्ने ठाउँ नभएको र नयाँ पुल पनि नबनेकाले लामो समय यातायात अवरुद्ध हुनसक्ने सम्भावना छ । रानीटार–भडरा हुंदै वैकल्पिक सडक रहेको छ । साघुरो कच्चि सडक भएको आपतकालिन अवश्थामा प्रयोग गर्न सकिन्छ । उक्त सडक प्रयोग गर्दा करिव ५ किलोमिटर घुमाउरो पर्छ । सवारी साधनलाई आवागमनमा थप समस्या भएको छ। पुल कमजोर बन्दै गएपछि जोखिम कम गर्न डाईभर्सनमार्फत यातायातलाई एकतर्फी बनाउने प्रयास भइरहेको छ ।