Logout

थारु विद्यार्थी समाजको सातौं महाअधिवेशन डण्डामा शूरु

3.1k Shares

थारु विद्यार्थी समाजको सातौं महाअधिवेशन

water.jfifकावासोती–२३, चैत्र
थारु विद्यार्थी समाजको सातौं महाअधिवेशन आज(शनिवार) बाट डण्डामा शूरु भएको छ । थारु आयोगका सदस्य डा. उमाशंकर चौधरीले महाधिवेशनको समुदघाटन गर्नुभयो । समुदघाटन समारोहलाई सम्बोधन गर्नुहुंदैं डा. चौधरीले आयोगले थारु समुदायका निम्ति राजनीतिक क्षेत्र, निजामति सेवा, भाषिक, सांस्कृतिक तथा हरेक क्षेत्रमा अर्थपुर्ण समावेशीता लागि प्रयास भईरहेको बताउनुभयो ।

थारु विद्यार्थी समाज का संस्थापक सल्लाहकार सोभितलाल चौधरी, पुर्व अध्यक्ष रमेश चौधरी,  थारु कल्याण कारिणी सभाका जिल्ला अध्यक्ष आरपि महतो लगायतले थारु विद्यार्थीहरु सचेत वर्ग भएकाले समुदायका हक हितका निम्ति एक जुट अगाडी बढ्न सुझाव दिनुभएको थियो । २२ जिल्लाका विद्यार्थी प्रतिनीधिहरु सहभागी रहेको महाधिवेशनबाट नयां नेतृत्व चयन गरिने थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । महाधिवेशनको उदघाटनका लागि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी आउने कार्यक्रम रहेपनि मौसमको प्रतिकुलताका कारण आउन असमर्थ भएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रि
ताजा अपडेट थप समाचार
सम्बन्धित समाचार