कावासोती, २४ बैशाख, नवलपुर ।
सीमान्तकृत मुसहर समुदायलाई उद्यमशिल बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । दुई दशक देखि अधिकारमुखी आन्दोलन भईरहेकोले अवको आवश्यकता मुसहर जातीलाई व्यवसायी बनाउन जरुरी रहेको छ ।
सामाजिक विकास कार्यालय नवलपुरद्वारा कावासोती–१३, पिठौलीमा आयोजित मुसहर समुदायको आर्थिक सशक्तिकरण तथा सचेतना अभिवृद्वि कार्यक्रममा सहजिकरण गर्दै सहजकर्ताहरु उक्त धारणा राखेको हो । कार्यक्रमको सहजिकरण गर्दै जिल्ला डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले फजुल खर्च कम गरि व्यवसायिक आय आर्जनमा लाग्नुपर्ने बताउनुभयो । मध्यवर्ती क्षेत्रमा जंगली जनावरले क्षति न्यूकरणका लागि व्यवसायिक मसलाजन्यवाली अदुवा, वेसार खेती, कृषि पर्यटनलाई प्राथामिकता दिन सकिने डिएफओ अधिकारीको भनाई थियो ।
सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्णा प्रसाद पौडेलले कार्यालयले सीमान्तकृत वर्ग समुदायको आय आर्जन र उद्यमशिलता विकासलाई प्राथामिकता दिएको बताउनुभयो । जिल्लामा २ चरण यस अगाडी थारु जातिका लागि २ चरणमा २ सय जनालाई यो तालिम प्रदान गरि सकिएको र आगामी दिनमा समेत उद्यमशिलता विकासलाई प्राथामिकता दिने प्रमुख आचार्यले जानकारी दिनुभयो ।
अभिमुखिरणको सहजिकरण गर्दै उद्यमशिलता विकास अभियान्ता केबी रानाले मुसहर समुदाय उत्थानका लागि सरकारी तथा गैर सरकारी स्तरबाट दुई दशक देखि कार्यक्रमहरु सञ्चालन गर्दै आईरहे पनि आर्थिक स्तरमा खासै पनिवर्तन आउन नकेको बताउनुभयो । मुसहर समुदाय धेरै जसो दाताप्रति परनिर्भरता रहेकाले यो मानसिकता वदलेर उद्यमशिल बन्न अभियान्ता रानाले सुझाव दिनुभयो । नदिमा माछा मार्ने सट्टामा पोखरी निर्माण गरि व्यवसायिक माछा पालन गर्न सकिने, पर्याप्त जग्गा नभए पनि थोरै जग्गामा गर्न सकिने दर्जनौं साना, लघु उद्यमका बारेमा प्रशिक्षक रानाले जानकारी दिनुभएको थियो । कार्यक्रममा जिल्ला भरिका ६० जना अगुवा, स्थानीय सहभागी रहेको थियो ।