Logout

मन्त्री छनौटमा कांग्रेस गण्डकीका सांसदहरुको आपत्ति

8.4k Shares

नेपाली कांग्रेस गण्डकी प्रदेशबाट निर्वाचित सांसदहरुको भेला ।

gandaki mp.jfifकावासोती— कांग्रेसले दश जना मन्त्री सरकारमा पठाउँदा भौगोलिक क्षेत्रीय र समावेशिता सन्तुलनलाई नमिलाएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषदमा दलितको प्रतिनिधित्व शून्य छ । कांग्रेसले पठाएका दश मन्त्रीमा गण्डकी प्रदेशबाट एक जनापनि परेका नपरेपछि स्थानीय सांसदहरु नेतृत्वप्रति रुष्ट छन् ।  कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको असार २९ गतेको बैठकले मन्त्री छनोट गर्दा योगदान र योग्यताको मुख्य आधारमा समावेशिता र प्रादेशिक सन्तुलनलाई दृष्टिगत गरी चयन गर्ने मापदण्ड बनाएको थियो ।
मन्त्री छनोट गर्दा नेतृत्वले आफ्नो गुटको वफादारिता र अनुकूलता हुने व्यक्ति बाहेक अरुलाई प्राथमिकतामा नराखेको भन्दै मंगलबार गण्डकी प्रदेशका सांसदहरुले विरोध गरेका छन् । गण्डकी प्रदेशमा प्रत्यक्षबाट निर्वाचित १० र राष्ट्रियसभाका ३ गरी १३ सांसद संघीय सरकारमा प्रतिनिधित्व रहेकोमा वर्तमान मन्त्रीयपरिषदमा एक जना पनि परेका छैनन ।

कांग्रेस सांसद राजेन्द्र बजगाईले गण्डकी प्रदेश सांसदहरुको भेलामा सिंगो प्रदेश र समावेशीतालाई कांग्रेस नेतृत्वले उपेक्षा गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।   भेलापछि सांसदहरुले सामूहिक विज्ञप्ति समेत जारी गरेका छन् । सांसदहरुको सामूहिक विज्ञप्तिमा ‘देशको सन्तुलित विकासका लागि संघीय सरकारमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व शून्य हुनुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । पार्टीले आगामी दिनमा विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएका छौं ।’ भन्ने उल्लेख छ । 

भेलामा गण्डकी प्रदेशशबाट प्रतिनिधित्व गर्ने मध्ये पार्टीका उपसभापति  सांसद धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारी, कमला पन्त, राजु थापा, राजेन्द्र बजगाई लगायतको उपस्थिति थियो । पार्टीभित्र एकताबद्ध प्रयास नभएका कारणले विगतमा ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुले प्रदेशको समृद्धिलाई केन्द्रबिन्दुमा राखेर एकताबद्ध प्रयासका लागि यो अभियानलाई निरन्तरता दिने उद्घोष गरेका छन् ।

पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभाका सांसद जीवन परियार अन्तिम घडिमा मन्त्री बन्नबाट हटाएका थिए । पार्टीमा ९ लाख क्रियाशील सदस्यता हुँदा ४५ हजार भन्दा बढी दलित समुदायबाट क्रियाशील सदस्यता रहेका छन् । यो समूहबाट मन्त्रिपरिष्दमा शून्य सहभागिता हुनु दुर्भाग्य भएको सांसदहरुको भनाई थियो । त्यसैगरि आदिवासी जनजाति समुदाय भित्रको जनसंख्याको हिसावले सवैभन्दा बाहुल्य रहेको मगर जातिबाट समेत मन्त्रीपरिषदमा सहभागीता शुन्य छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले दश मन्त्री पाउँदा आफ्नो समूहलाई ७ मन्त्रालय राखेर नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षलाई तीन मन्त्रालय दिएका थिए । देउवाले ७ मध्ये एकजना राष्ट्रपति रामचन्द्र पौडेल र एकजना पूर्व महामन्त्री शशांक कोइराला निकटका लाई मन्त्री बनाएका छन् । राष्ट्रपति निकट सप्तरी–४ बाट निर्वाचित सांसद तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री भएका छन भने कोइरालाको निकट रहेका संखुवासभाबाट निर्वाचित सांसद दीपक खड्कालाई उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बनाएका छन् । खड्कालाई मन्त्री सिफारिस गरिएकोमा नेता शशांक कोइरालाको पनि गण्डकीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले असन्तुष्टी जनाएका छन ।  

फेसबुकबाट तपाईको प्रतिक्रि
ताजा अपडेट थप समाचार
सम्बन्धित समाचार