राष्ट्रि प्रजातन्त्र पाटी केन्द्रीय कोषाध्यक्ष निलकण्ठ काफ्ले राप्रपा कावासोती नगर अधिवेशनको सम्बोधन गर्नुहुंदै ।
राष्ट्रि प्रजातन्त्र पाटी केन्द्रीय कोषाध्यक्ष निलकण्ठ काफ्ले राप्रपा कावासोती नगर अधिवेशनको सम्बोधन गर्नुहुंदै ।
कावासोती, २८ बैशाख, नवलपुर ।
राष्ट्रि प्रजातन्त्र पाटी केन्द्रीय कोषाध्यक्ष निलकण्ठ काफ्लेले सनातन हिन्दु राष्ट्र ल्याउनका निम्ति देश व्यापी आन्दोलनमा रहेकोले आम नागरिकलाई सहयोगको आह्वान गर्नुभएको छ । विश्वमा एक मात्रै हिन्दु राष्ट्र नेपाल भन्ने पहिचानलाई मेटाएर धर्म निरपेक्षता घोषणा गर्नु आम नागरिकको भावना विपरित भयो नेता काफ्लेले भन्नुभयो– राजा सहित हिन्दु राष्ट्र ल्याएर छोड्ने संकल्पका साथ आन्दोलनमा होमिएको राप्रपालाई आम नागरिकको साथ व्यापक रहने विश्वास लिएका छौं ।

राप्रपा कावासोती नगर अधिवेशनलाई सम्बोधन गर्नुहुंदै नेता निलकण्ठ काफ्लले मुलुकको राजनीति धर्मनिरपेक्षता पक्षधर र हिन्दु राष्ट्र पक्षधर दुई ध्रुवमा रहेकोले राप्रपा राष्ट्रियता, लोकतन्त्र, उदारवाद राजा सहितको हिन्दु राष्ट्र बनाउने अभियानमा स्पष्ट रहेको बताउनुभयो । हिन्दु राष्ट्र बनाउन आम सचेत नागरिक एक जुट हुने बेला आएको नेता काफ्लेको भनाई थियो ।
गण्डकी प्रदेश सांसद तथा राप्रपा संसदीय दलका प्रमुख सचेतक विन्दु पौडेलले आम नेपाली नागरिक हिन्दु राष्ट्रको पक्षमा रहेकाले राप्रपाले उठान गरेको एजेण्डाले छिट्टै पुर्णता पाउने बताउनुभयो । वर्तमान राज्य व्यवश्थाप्रति आम नागरिकको विश्वास घटेको र वितृष्णता बढेकोले राप्रपाको एजेण्डा मन पराएर पाटी प्रवेश जनलहर देश व्यापी बढ्दै गएको सांसद पौडेलको भनाई थियो । राप्रपा केन्द्रीय सचिवालय सदस्य नेतृ पौडेलले हिन्दु राष्ट्रको पक्षमा सचेत नागरिकहरुले अव बोल्ने वेला आएको बताउनुभयो ।

राप्रपा केन्द्रीय सदस्य हरि प्रसाद गौतमले वर्तमान सरकारले आर्थिम विकास, भ्रष्टाचार न्यूनिकरण, शुसासन कायम गर्न नसकेकोले नागरिकमा नैरास्यता छाएर विदेश पलायन हुने क्रम बढेको बताउनुभयो । कार्यक्रममा राप्रपा नवलपुर जिल्ला अध्यक्ष विष्णु प्रसाद अधिकारी, राप्रपाका जिल्ला नेताहरु लाल प्रसाद बराल, दिपक भण्डारी, रुना महतो, नुम बहादुर आले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अधिवेशनले दिपेन्द्र न्यौपानेको नेतृत्वमा २२ सदस्यीय नयां कार्य समिति गठन गरिएको छ । यसै विच विभिन्न पाटी परित्याग गरि युवा नेता शंकर देवकोटा सहित दर्जनौ कायकर्ताहरु राप्रपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई राप्रपा नेता निलकण्ठ काफ्लेले सम्मान प्रदान गर्नुभएको थियो । राप्रपा आफ्नो एजेण्डा प्रष्ट रहेकोले हिन्दु राष्ट्र पक्षधरहरु एक जुट हुनुुपर्ने समय आएकोले राप्रपामा प्रवेद गरि हिन्दुराज्य बनाउने अभियानमा जुट्ने धारणा राखेका छन् ।